Connect with us

समसामयिक

प्रधानमन्त्री कपः लुम्बिनीलाइ हराउँदै सुदुरपश्चिमको दोस्रो जीत

Published

on

सुदूरपश्चिम प्रदेशले दोस्रो जीत हासिल गरेको छ । 

जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सुपले दोस्रो जित हासिल गरेको हो ।

एक्ट्राटेक ओभलमा बुधबार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनी प्रदशेविरुद्ध ५ विकेटको जित निकाल्दै दोस्रो जीत हासिल गरेको हो । जितसँगै सुदूरपश्चिमले ६ खेलमा ४ अंक जोडेको छ भने पराजित लुम्बिनीको समान खेलबाट ८ अंक हासिल गरेको छ ।

लुम्बिनीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।  सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अविजित ४३, कप्तान नारायण जोशीले अविजित २५, प्रकाश पाण्डेले २२ र खडक बोहराले ११ रन बनाउन सफल भए भने छैटौं विकेटका लागि किरण र नारायणले अविजित ५६ रनको साझेदारी गरेका थिए ।

लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान एक विकेट लिए ।  त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार पार्न सफल भए । 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.