Connect with us

अन्तर्राष्ट्रिय

स्थगित आइपीएलको खेल मे १७ वाट सुचारू हुने

Published

on

आईपीएल २०२५ को बाँकी खेल अब मे १७ बाट फेरि सुरु हुनेछ।

लिग चरणका बाँकी १३ खेलहरू ६ स्थानहरूमा हुने पनि तय भएको छ । प्लेअफ चरण मे २९ देखि खेलाइने छ, जसको फाइनल जुन ३ मा हुनेछ। बिसिसिआइले आफ्नो सोशल मिडिया ह्यान्डलमा यो जानकारी दिएको हो।

पाकिस्तानसँगको तनावका कारण ९ मेमा जारी आईपीएलको लिग चरणको खेल नै खेल्दा खेल्दै स्थगित गरिएको थियो । प्रतियोगिता रोक्ने क्रममा बीसीसीआईले देश अहिले युद्धको अवस्थामा रहेको बताएको थियो । यस्तो अवस्थामा क्रिकेट प्रतियोगिता आयोजना गर्नु ठीक होइन भन्ने उसको निष्कर्षका साथ खेल स्थगित गरिएको हो ।

अब पहिलो खेल आरसीबी र केकेआर बीच बैंगलोरमा १७ मेमा हुनेछ । बाँकी खेल जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा हुनेछन् । लिग चरण मे २७ मा समाप्त हुनेछ। दुई डबल हेडरहरू भने मे १८ र २५ मा खेलिने छन्। यसको मतलब ११ दिनमा १३ लिग चरण खेलहरू हुनेछन्।

गत मे ८ मा धर्मशालामा हुने पञ्जाब र दिल्लीबीचको खेल पाकिस्तानको आक्रमणका कारण रोकिएको थियो । अब सो खेल जयपुरमा २४ मेमा हुनेछ । प्लेअफ खेल हुने स्थान भने तय भएको छैन । यसअघि हैदरावाद र कोलकातामा २–२ प्लेअफ खेल हुने भनिएको थियो ।

आइपीएल अन्तर्गत ७४ खेलहरू खेल्नुपर्ने थियो। मे ९ सम्म ५७ खेलहरू खेलिसकेका थिए। मे ८ मा ५८औँ खेल बिचमै रोकिनु परेको थियो । अर्थात् अब १७ खेल बाँकी छन् । जसमध्ये १३ खेल लिग चरणका र ४ खेल प्लेअफ चरणका छन् ।

मुम्बई, कोलकाता, राजस्थान र चेन्नईका दुई–दुई लिग खेल बाँकी छन् । बाँकी टोलीले अझै तीन तीन लिग खेल खेल्न बाँकी छ। एउटा टोलीले १४ वटा लिग खेल खेल्नुपर्ने हुन्छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.