Connect with us

समसामयिक

आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

Published

on

आज आईपीएल २०२५ मा पहिलो पटक ती दुई खेलाडी आमनेसामने हुने समय आएको छ, जसमा ५३.७५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । मतलब दुबै यस मूल्यमा खरिद गरिएको खेलाडी मैदानमा उत्रदैँछन ।  हामी ऋषभ पन्त र श्रेयस अय्यरको कुरा गर्दैछौं।

यी दुई आईपीएल २०२५ का सबैभन्दा महँगा खेलाडी मात्रै नभएर यस लिगको इतिहासमा पनि हुन् । ऋषभ पन्तलाई लखनऊ सुपर जायन्ट्सले २७ करोडमा किनेको थियो भने जबकि पञ्जाब किंग्सले श्रेयस अय्यरलाई २६.७५ करोड भारतीय रूपैयाँमा स्विकार गरिएको थियो ।

आइपीएल २०२५ को १३ औँ खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जाइन्ट्सको सामना आज गर्दैछ । यो खेल आईपीएल इतिहासका दुई सबैभन्दा महँगा खेलाडीहरू बीचको भिडन्तको साक्षी पनि हुनेछ, जो आ–आफ्नो टोलीका कप्तान पनि छन्।

ऋषभ पन्तको नेतृत्वमा लखनऊ सुपर जायन्ट्सको यो तेस्रो खेल हुनेछ भने श्रेयस अय्यरको पञ्जाब किंग्सले यो सिजनको दोस्रो खेल खेल्दैछन् ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.