Connect with us

अन्तर्राष्ट्रिय

जापानमा पक्राउ परे सिरियल बलात्कारी, ५० महिलालाई बलात्कार गरी ३ हजार भिडियो बनाएको खुलासा

Published

on

जापानको टोकियो प्रहरीले गत बिहीबार एक जना पूर्वट्याक्सी चालकलाई पक्राउ गरेको थियो ।

एक महिलालाई निद्राको चक्की खुवाएर र भिडियो रेकर्ड गरेर बलात्कार गरेको आरोपमा ५४ वर्षीय ती पूर्वट्याक्सी चालकलाई पक्राउ गरे पछि जे कुरा बाहिर आयो, त्यसले चकित बनायो ।

यो गिरफ्तारीले जापानमा महिला सुरक्षा र डिजिटल अपराधको बारेमा गम्भीर चिन्ता बढाएको छ, उनको हर्कत देखेर अहिले जापानमा ठुलो बहससमेत भइरहेको छ।

प्रहरीले उनको साथबाट झण्डै ३ हजार भिडियो र तस्बिर बरामद गरेको छ, जसमा उनले विभिन्न ५० महिलासँग यौन दुराचार गरेको प्रमाण देखिएको छ । यी भिडियोहरू २००८ देखि अहिलेसम्मको भनिएको छ, जसले अपराधको लामो अवधि र पूर्व नियोजित योजना देखाएको छ ।

प्रहरीका अनुसार पीडित महिला ट्याक्सी यात्रु हुँदा अभियुक्तले निशाना बनाएका थिए । उसले सुरूमा महिलालाईई केही पिउन दिने, जसमा निद्राको चक्की थियो। पीडित युवती बेहोस भए पछि घरमा लगेर यौन दुव्र्यवहार गर्ने र भिडियो बनाउने गरेको खुलेको हो । यो अपराध शारीरिक मात्र होइन डिजिटल र मानसिक शोषणको गम्भीर मामला हो।

प्रहरीले गरेको अनुसन्धानका क्रममा अभियुक्तको मोबाइल र अन्य डिजिटल उपकरणबाट हजारौं भिडियो र तस्विर फेला परेको थियो । यस फुटेजको मिति २००८ देखि २०२४ सम्म रहेको भेटिएको छ ।

तीमध्ये धेरै महिलाहरू अहिले पहिचान भइरहेका छन्। जापान टाइमको रिपोर्टका अनुसार अभियुक्तको कपालमा लागुऔषधको निशान पनि भेटिएको छ, जसले उनको अपराधको प्रमाणलाई थप बलियो बनाएको छ ।

यस अभियुक्तलाई यसअघि अक्टोबर २०२४ मा एक महिलालाई लागुऔषध खुवाएर ४०,००० येन चोरेको आरोपमा पक्राउ गरिएको थियो। त्यतिबेला उनी केही समयपछि रिहा भएका थिए ।

तर, डिसेम्बर २०२४ मा अर्की महिलासँग आपत्तिजनक व्यवहार गरेको आरोपमा उनलाई फेरि पक्राउ गरियो। अब जनवरी २०२५ मा भएको एक घटनालाई लिएर प्रकाउ परे पछि उनी माथी गम्भिर छानबिन भइरहेको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.