Connect with us

अन्तर्राष्ट्रिय

७३ वर्ष पछि पनि नहटने भयो साउदीमा मदिरामाथि लगाइएको प्रतिबन्ध

Published

on

साउदी अरबमा मदिरा माथिको प्रतिबन्ध हटने भन्ने समाचार हल्ला मात्रै भएको छ। 

साउदी अधिकारीहरूले खाडी देशमा मदिरा माथिको ७३ वर्षदेखिको प्रतिबन्ध हटाउने कुनै योजना नरहेको बताएका छन् । साउदीले मदिरा माथी प्रतिबन्ध हटाउने केही मिडियाले दाबी गरे पनि त्यसलाई रिपोर्टलाई अस्वीकार गरेको छ ।

सन् २०३४ मा साउदी अरेबियाले फुटबल विश्वकप आयोजना गर्ने तयारी गरिरहेकाले मदिरा माथीको ७ दशक लामो प्रतिबन्ध हटाउन लागिएको मिडियामा दाबी गरिएको थियो ।

समाचारमा भनिएको थियो कि साउदी अधिकारीहरुले पर्यटकहरुलाई मदिरा बेच्ने योजना बनाइरहेका छन् । गत हप्ता मात्रै यो दाबी एक वाइन ब्लगमा प्रकाशित भएको त्यसपछि यो खबर अन्तर्राष्ट्रिय मिडियामा फैलिन पुगेको थियो।

यद्यपी यो समाचारको स्रोतबारे भने केही जानकारी दिइएको छैन । एक समयको गहिरो रूढिवादी देशले आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्न तथा पर्यटक र अन्तर्राष्ट्रिय व्यवसायहरूलाई आकर्षित गर्न केही प्रतिबन्धहरूमा भने अहिले कम गरेको छ।

तर खाडी राष्ट्रहरूमध्ये साउदी अरेबिया र कुवेत मात्र छन्, जहाँ मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.