Connect with us

राजनीति

कांग्रेसले पनि जारी गर्यो आफ्ना सांसदलाई ह्वीप, अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्नु

Published

on

सत्तारुढ नेकपा (एमाले) ले भोलि १० असारमा सदनमा अनिवार्य उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको लामो समय नबित्दै नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।

भोलिको प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गर्ने सत्तारुढ दलहरुको तयारी छ । बजेट निर्णयार्थ प्रस्तुत हुने उक्त संसदमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीका सांसदहरुलाई नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ह्वीप जारी गरेका छन् । उनले कांग्रेस सांसदहरुलाई तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।

बजेट विनियोजनलाई लिएर कांग्रेस सांसदहरूले सरकार, अर्थ मन्त्री र मन्त्रीहरुलाई खरो आलोचना गरिरहेका छन् । कतिसम्म् भने कांग्रेस सांसद कान्छाराम तामाङ बजेट प्रस्तुत गर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र अर्का उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई २०८४ को सनिर्वाचनपछि यो सदनमा देख्न नपरोस् भनेर पशुपति र बुद्धसँग प्रार्थना नै गरेका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.