Connect with us

समसामयिक

निर्वाचन आयोगले खुल्ला गर्यो छुट नामावली दर्ता

Published

on

निर्वाचन आयोग, नेपालले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन अनुरोध गरेको छ। गत निर्वाचनमा निर्वाचित विभिन्न तहका केही पदहरू रिक्त एका स्थानमा उपनिर्वाचन हुँदैछ। यद्यपि उपनिर्वाचनको मिति घोषणा भइसकेको छैन। तर, त्यही प्रयोजनका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो।

आयोगका अनुसार उपनिर्वाचनको मिति छिट्टै घोषणा हुने तयारी भइरहेको छ। केही दिन अघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहितको टिमले उपनिर्वाचन घोषणा गर्नका लागि प्रधानमन्त्री केपी ओलीलाई भेट गरेको थियो । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै,’मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि नाम दर्ता गर्न पाइने छैन’ भनेको छ ।

सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जारी गरेको विज्ञप्तिमार्फत् आयोगले सबै नेपाली दाजुभाइ र दिदीबहिनीलाई निर्वाचन प्रक्रियामा सहभागी हुन र लोकतान्त्रिक अधिकार प्रयोग गर्नका लागि आफ्नो नाम समयमै दर्ता गराउन अनुरोध गरिएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.