प्रधानमन्त्री केपी शर्मा ओली स्पने उड्नु अघि मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री ओलीको सचिवालयले आज दिउँसो एक बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएको छ ।
आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका एजेन्डामा छलफल गर्ने तयारी छ। प्रधानमन्त्री ओली भोलि शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्।
स्पेनमा १६ असारदेखि १९ गतेसम्म ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ हुँदैछ । प्रधानमन्त्री ओली त्यही कार्यक्रममा भाग लिन स्पेन जाँदैछन् । स्पने उड्नु अघि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।