Connect with us

राजनीति

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

Published

on

सत्ता साझेदार नेपाली कांग्रेसको आज आइतबार पदाधिकारी बैठक राख्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार बैठक अहिले बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दैछ।

बैठकले सोमबार सुरु हुने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्ने पौडेलले बताएका छन् । ‘भोलि १६ असारबाट केन्द्रीय कार्यसमिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न पदाधिकारीहरूले छलफल गर्दै हुनुहुन्छ’, मुख्य सचिव पौडेलको भनाइ छ ।

गत फागुन १ गते बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले चैत मसान्तसम्म तरुण दल, नेविसंघ, महािला संघ, थारु संघ, किसान संघ र लोकतान्त्रिक खेलकुद संघलाई महाधिवेशन गर्न निर्देशन दिएको थियो। तर यीमध्ये कुनैले पनि अझै अधिवेशन गर्न सकेका छैनन्। सोमबारदेखि हुने कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीका भ्रातृ संस्थाका तदर्थ समितिको पदावधि थप्ने वा भंग गर्ने निर्णय गर्नेछ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.