सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल शान्ति सिंह थापाको सुनवाइ सकिएको छ। तीन न्यायाधीशहरुको सुनुवाइ हिजो र आज गरी दिनमा सकिएको हो ।
सुनावाइ समितिले आइतबार पोखरेल र पौडेलको सुनुवाइ गरेको थियो । आज सोमबार थापासहित न्यायपरिषद् सदस्यका लागि सिफारिस महेश नेपालको सुनुवाइ गरेको थियो। तर, सुनुवाइ सकिए पनि अनुमोदनका विषयमा अर्को बैठकबाट मात्र निर्णय हुनेछ ।
समितिले आजै अनुमोदन गर्ने बताए पनि केही सैद्धान्तिक विषय उठेको भन्दै आज निर्णय होल्ड हुने तयारी रहेको समितिका एक सदस्यले जानकारी दिएका छन्।
ती सदस्यका अनुसार खासगरी कानुन व्यवसायीबाट न्यायाधीश सिफारिस पोखरेलप्रति एमालेले असन्तुष्टि व्यक्त गरेका कारण निर्णयमा समस्या देखिएको हो। समितिमा प्रतिनिधित्व गर्ने एमाले प्रमुख सचतेक महेश बर्तौलाले पोखरेललाई हिजै सुनुवाइ प्रक्रियाबाट बाहिरिन सुझाव दिएका थिए ।