Connect with us

राजनीति

रास्वपाले प्रत्यक्षमा हारेका निर्वाचन क्षेत्रमा खटायो ४० समानुपातिक सांसद (हेर्नुहोस् सूची)

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाका सबै निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ। रास्वपा केन्द्रीय समिति बैठकले प्रत्यक्ष निर्वाचित सांसद नभएको क्षेत्रमा समानुपातिक प्रणालीका सांसदलाई जिम्मेवारी तोकेको हो ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले १२५ निर्वाचन क्षेत्रमा जितेको छ। प्रत्यक्ष निर्वाचित सांसदलाई सोही क्षेत्रको जिम्मेवारी दिइएको छ। प्रत्यक्ष जित्न नसकेको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिएको हो।

महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा प्रत्यक्ष सांसद नभएको क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको जनाइएको छ।

सूचनामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचन मा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ र सो जिम्मेवारीको सूची आमसञ्चार माध्यम मार्फत आम नागरिक तहमा जानकारीको लागि प्रेषित गरिएको छ।’

परतनधसभम-परतनधतव-गरन-सभसदहर–नरवचन-कषतर-अनसर-1-1776753237

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.