Connect with us

राजनीति

अमेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल

Published

on

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले सोमबार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसर विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गरेका छन् ।
हिजो सोमबार आयोजित कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार एवं सुदृढीकरण गर्ने, कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत बनाउने विषयमा छलफल भएको थियो । सो अवसरमा अमेरिकी प्रविधिगत दक्षता साझेदारी गर्ने उपायबारे पनि चर्चा गरिएको थियो ।
अमेरिकी सहायक विदेशमन्त्री पलले नेपाल ओर्लिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । “रास्वपाका सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लाग्यो । नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जान्ने अवसर मिल्यो”, सामाजिक सञ्जालमा उनले भनेका छन्, “अमेरिका(नेपाल सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि छलफल भयो ।” अमेरिकी सहायक विदेशमन्त्री पल हिजो सोमबार काठमाडौँ आइपुगेका हुन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.