Connect with us

समसामयिक

नेपाली फुटबल महिला टिम स्वदेश फर्कियो

Published

on

नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज २३ असार बिहान स्वदेश फर्किएको हो । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहलगायत पदाधिकारीले विमानस्थलमा स्वागत गरे ।

उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो । छनोटमा नेपालले पहिलो खेलमा लाओससँग ९–० को र दोस्रो खेलमा श्रीलंकासँग ८–० को जित निकालेको थियो ।

तर, अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । त्यसअघि खेलको निर्धारित समय दुवै टिमले ३–३ को बराबरी खेलेका थिए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.