Connect with us

Uncategorized

कांग्रेस संसदीय दलको नेता छनोटका लागि आज पुनः बैठक बस्दै

Published

on

नेपाली कांग्रेसको संसदीय दलका नेता छान्न आज पुनः बैठक बस्दैछ । हिजो संसदीय दलका नेता छान्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

हिजो दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए । कांग्रेसमा संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार छन् । मोहन आचार्य, बासना थापादेखि निश्कल राईसम्मको चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ । सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी छ। सहमतिका लागि आज पुनः बैठक बस्न लागेको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.