त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ। प्राध्यापक दिपक अर्याल, निमित्त उपकुलपति खड्ग केसी र प्राध्यापक विनिल अर्यालको नाम सिफारिस भएका छन् ।
शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्त संयोजकत्वको सिफारिस समितिले प्रधानमन्त्री तथा कुलपतिलाई नाम सिफारिस गरेको हो। तीन मध्ये एकलाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्। १५ चैत्र २०८१ देखि त्रिवि उपकुलपतिविहीन छ।
सिफारिस भएका केसी अन्तर्राष्ट्रिय सम्बन्ध विभागका पूर्वप्रमुख तथा पूर्व रजिष्टार, दिपक अर्याल जलवायु विज्ञान विभागका पूर्वप्रमुखसमेत हुन्। विनिल अर्याल विज्ञान, प्रविधि संकायका पूर्वडिन हुन्। उनीहरु तिनै जना सत्तारुढ एमाले निकट प्राध्यापक हुन्।
उपकुलपति केशरजंग बरालले १५ चैत्रमा राजीनामा दिएपछि रेक्टर केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।