Connect with us

अन्तर्राष्ट्रिय

युरोपमा अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

Published

on

 यस वर्ष युरोपमा अत्यधिक गर्मी महशुश गरिएको छ। जलबायु परिवर्तकाका कारण अत्याधिक गर्मी बढे पछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ। 

गत बिहिवार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्बजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका ठूलो भागहरू अत्यधिक रूपमा गर्मी बढेको निष्कर्ष निकालिएको थियो । 

जसअनुसार स्पेनमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने फ्रान्समा जंगलमा आगलागी भएको छ । अध्ययनमा बार्सिलोना, म्याड्रिड, लन्डन र मिलान लगायत १२ सहरलाई समावेश गरिएको थियो, जहाँ तापक्रम यस बर्ष मात्रै औसत रूपमा ४ डिग्री सेल्सियससम्म बढेको थियो।

इम्पेरियल कलेज लन्डन र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार यस अवधिमा अनुमानित २ हजार ३०० मृत्यु मध्ये १ हजार ५०० जलवायु परिवर्तनसँग सम्बन्धित थिए, जसले तातो लहरलाई थप गम्भीर बनाएको उल्लेख गरिएको छ ।

इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ता डा बेन क्लार्कले जलवायु परिवर्तनले यसलाई पहिलेको तुलनामा धेरै तातो बनाएको जनाएका छन् र यसलाई अझ खतरनाक बनाउँदै लैजाने चेतावनी पनि उनले दिएका छन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.