Connect with us

अन्तर्राष्ट्रिय

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ को मृत्यु

Published

on

म्यानमारको सागिङ क्षेत्रमा बिहीबार राति भएको एक बौद्ध विहारमा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । उक्त आक्रमण लिन टा लु गाउँमा रहेको एउटा गुम्बामा भएको थियो, जहाँ नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिस आश्रय लिन आएका थिए।

आक्रमणमा ३० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा चार बालबालिका पनि छन् । मिडिया रिपोर्टका अनुसार राति करिब १ बजे जेट लडाकु विमानले गाउँको गुम्बामा बम खसालेको थियो।

यद्यपी यो हमला कसले गराएको हो भन्ने जानकारी भने खुल्न सकेको छैन् । घटनाबारे सेनाले अहिलेसम्म केही बोलेको छैन । म्यानमारको स्वतन्त्र प्रजातान्त्रिक भ्वाइस अफ बर्मा अनलाइन मिडियाका अनुसार मृत्यु हुनेको संख्या ३० सम्म हुन सक्छ।

म्यानमार २०२१ देखि गृहयुद्धमा छ, जुन सन् २०२१ को फेब्रुअरीमा सेनाले गरेको विद्रोह पछि यो देशमा अशान्ति सुरु भयो। सेनाले आङ सान सुकीको नेतृत्वमा निर्वाचित सरकारलाई अपदस्थ गर्यो। यसपछि देशमा अशान्ति फैलिएको हो ।

यो गृहयुद्धले म्यानमारमा मानवीय संकट ल्याएको छ । संयुक्त राष्ट्रसंघका अनुसार १७.६ मिलियन मानिसहरूलाई सहायताको खाँचो छ र ३० लाखभन्दा बढी विस्थापित भएका छन् र ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

सेनामाथि गाउँहरू जलाउने, हवाई आक्रमण गर्ने र युद्ध अपराध गरेको आरोप लगाइएको छ, जसले रोहिंग्या समुदायलाई पनि असर गरेको छ। म्यानमारको गृहयुद्धले अर्थतन्त्र १८ प्रतिशतले संकुचित गरेको छ, जसले गर्दा भोकमरी र गरिबी बढेको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.