Connect with us

राजनीति

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोतर हुँदै

Published

on

 प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिऊँसो १ बजेका लागि बोलाईएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ ।सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ ।

‘सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने,’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

साथै, राष्ट्रियसभावाट पारित भएको पानीजहाज बिधेयकमाथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.