Connect with us

राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री लामाको संसदीय दलको नेताको पद खोसियो

Published

on

बागमती प्रदेश प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । 

आज सम्पन्न भएको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको विपक्षमा २२ मत परेको छ ।


आज बसेको संसदीय दलको बैठकमा मत विभाजन हुदाँ सो परिणाम देखिएको हो । साथै, परिणाम घोषणा भएसँगै उनको संसदीय दलको नेताको जिम्मेवारी खोसिएको छ ।

संसदीय दलको नेताको जिम्मेवारी खोसिएसँगै उनको आन्तरिक रूपमा मुख्यमन्त्री पद पनि स्वतः खोसिन पुगेको छ । 

अब नयाँ नेता चयन गर्नका लागि बुधवार मतदान हुनेछ । 

मुख्यमन्त्री लामाकाे पक्षमा उभिने प्रदेश सांसदहरूः

१. बहादुरसिंह लामा तामाङ

२. कुन्दनराज काफ्ले

३. उत्तम जोशी

४. लक्ष्मी श्रेष्ठ

५. रमेशकुमार महत

६. हरिप्रभा खड्गी

७. रामकुमार पहाडी

८. छेत्रबहादुर बम्जन

९. गिता गुरूङ

१०. मसिना खड्का

११. तिर्थ लामा

१२. रामकृष्ण चित्रकार

१३. माया श्रेष्ठ

१४. गोविन्द लम्साल

१५.  समिता खड्गी

मुख्यमन्त्री लामाकाे बिपक्षमा हुने प्रदेश सांसदहरूः

 १. इन्द्रबहादुर बानियाँ

२. शिवराज अधिकारी

३. कञ्चनचन्द्र वादे

४. दिपेन्द्र श्रेष्ठ

५. पुकार महर्जन

६. बिनु रायमाझी पौडेल

७. यमुना देवी श्रेष्ठ

८. उर्मिला नेपाल केसी

९. शान्ता ढकाल

१०. प्रभात तमाङ

११. छिरीङ्ग दोर्जे लामा

१२. मीना पराजुली

१३. याङ्किला शेर्पा

१४. मीन कृष्ण महर्जन

१५. बिमल ठकुरी

१६. मदुकुमार श्रेष्ठ

१७. सुरजचन्द्र लामिछाने

१८. सुरेश श्रेष्ठ

१९. श्रीराम लामिछाने

२०. सुना परियार

२१. श्यामबहादुर खड्का

२२. कृष्णबहादुर तामाङ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.