बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा विरुद्ध आफ्नै पार्टीका २४ जना सांसदहरुले अविस्वास प्रस्ताव दर्ता गराएका छन् । बागमती प्रदेशसभामा रहेका कांग्रेसका ३७ जना सांसदमध्ये २४ जनाले लामालाई अविस्वास गर्दै इन्द्रबहादुर बानियाँमाथि विस्वासको मत दिएका छन् । अब मकवानपुरका बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।
बागमती प्रदेश सभाका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बानियाँलाई संसदीय दलको नेता चयनको लागि हस्ताक्षर बुझाएसँगै मुख्यमन्त्रीका लागि उनलाई बाटो खुलेको हो । उनलाई सर्मथन गर्नकै लागि प्रदेश सरकारका चार मन्त्रीले समेत राजीनामा दिएका छन्
अन्य २० सांसद र ४ मन्त्री गरी २४ सांसदहरूले दलको नेताको चुनाव गरेर नयाँ मुख्यमन्त्री चयन गर्न दबाब स्वरुप भण्डारीलाई हस्ताक्षर बुझाएका हुन्। मुख्यमन्त्री लामाले प्रदेश सरकारको नेतृत्व गरेको आज ठिक एक वर्ष पूरा भएकै दिन कांग्रेस सांसदहरूले मुख्यमन्त्री फेर्ने प्रक्रिया अघि बढाएका हुन्। ९ साउन २०८१ मा लामाले मुख्यमन्त्री पदको सपथ खाएका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको सहमतिअनुसार मुख्यमन्त्री लामाले राजीनामा नदिएपछि सांसदहरू र मन्त्री आफैँले दबाब दिनुपरेको प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठको भनाइ छ ।