नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बधाई दिएका छन्। राजदूत सोङले आज बिहीबार प्रधानमन्त्री कार्कीलाई भेटेर बधाई दिएका हुन्।
भेटका क्रममा नेपाल र चीनबीचको मित्रता र सहकार्यलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको चिनियाँ दूतावासले जानकारी दिएको छ। आज बिहीबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीँग फोन वार्ता गरी नेपालको सरकारलाई सघाउन तयार रहेको वचनबद्धता दिएका छन्।