Connect with us

समसामयिक

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

Published

on

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन प्रवद्र्धनप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज भएको दोस्रो अन्तरराष्ट्रिय आप्रवासन समीक्षा मञ्चको बहसमा उहाँले सुरक्षित एवं व्यवस्थित आप्रवासनमा जोड दिँदै आएको नेपाल प्रमुख श्रम आपूर्तिकर्ता राष्ट्रका भएकाले सुरक्षित र मर्यादित आप्रवासनका पक्षमा दृढ रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले करिब ४० लाख नेपाली आप्रवासी श्रमिकले श्रम गरेको मुलुकको अर्थतन्त्र तथा नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे । विप्रेषण, सीप र ज्ञान हस्तान्तरणमार्फत आप्रवासी नेपालीले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका उनले बताए ।

उनले भर्ती प्रणाली, लैङ्गिक उत्तरदायी आप्रवासन नीति, सीप विकास, मानव बेचबिखन नियन्त्रण, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सामाजिक सुरक्षाको व्यवस्था र भर्ती सेवाको ‘डिजिटल’ प्रणालीकरणलगायत क्षेत्रमा नेपालले सुधारका विभिन्न पहल अघि बढाएको जानकारी दिए ।

राजदूत थापाले अनियमित आप्रवासन, मानव बेचबिखन, श्रम शोषण तथा समन्वय अभावजस्ता चुनौती विद्यमान रहेका उल्लेख गर्दै ती समस्याको समाधानका लागि अन्तरराष्ट्रिय सहकार्य र साझा जिम्मेवारी आवश्यक भएकामा जोड दिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.