मेची करिडोरअन्तर्गत केचना–कञ्चन्जंगा सडकमा अवस्थित माइखोलाको पुल बाढीले बगाएको छ । माइखोला केचना–कञ्चन्जंगा सडक अन्तरगत महत्वपूर्ण स्थान हो ।
मेची करिडोरकै पुवाखोलाको बेली ब्रिज पनि बाढीले बगाएको सडक विभागले बताएको छ । विभागका अनुसार जोगमाईको बेली ब्रिज पनि बगेको छ । सडक विभागले पुल बगेका स्थानमा आफ्नो जनशक्ति परिचालन गरिसकेको जनाएको छ ।
मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठूलो–सानो पहिरो गएको छ । पहिरोका कारण मेची राजमार्ग बन्द भएको सडक विभागले जानकारी दिएको छ ।