तामाकोसीमाथि बनाउँदै गरेको मोटरेबल पुल दोस्रो पटक भाँचिएको छ। रामेछापको मन्थली नगरपालिका वडा नं. ६ र ७ जोड्ने तामाकोसी नदीमाथि बनिरहेको पुलको स्पान भाँचिएको हो।
उक्त पुल गत वैशाखमा पनि भाँचिएको थियो। पुल कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको छ। आइतबार बिहान रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहितको टोली अनुगमनमा पुग्दा पुलको स्ल्याब भाँचिएको अवस्थामा थियो ।
स्थानीयका अनुसार पुलको स्पान १० बजेतिर भाँचिएको हो । पुल भाँचिदा निर्माण कम्पनीका कोही पनि ठेकेदार तथा कामदार थिएनन् । पुलको निर्माण कार्य केही दिन समयदेखि नै बन्द थियो ।
पुल निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गर्दै आएको प्रशासनले बताएको छ ।