Connect with us

राजनीति

सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता

Published

on

सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता जारी छ। आज बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले वार्ता गरेको हो ।

वार्तामा प्रसाईं भने सहभागी छैनन्। उनले प्रधानमन्त्रीसँग मात्र वार्तामा बस्ने अडान लिएका थिए । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरू सहभागी छन्। प्रसाईंले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.