बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वभर आज बाल दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष ९युनिसेफ०को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ। यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ।
युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन्।