Connect with us

राजनीति

कांग्रेस विशेष महाधिवेशन पक्षधर प्रष्टः अहिलेको नेतृत्व लिएर चुनावमा जान सकिँदैन

Published

on

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले चुनावअघि विशेष महाधिवेशनको विकल्प नभएको बताएको छ। आज बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीको संरचनागत सुधार गर्ने गरी चुनावमा जाने नेतृत्व खोज्दा डेढ महिनादेखि निर्णय गर्न नसकेको भन्दै उनीहरूले प्रश्न गरेका छन्।

‘विधानभन्दा माथि कोही छैन। पार्टी नेता कार्यकर्ताको मनोबल उकास्ने गरी चुनावमा जाने नेतृत्व चाहिएको छ। पार्टीको संरचनागत सुधार हुने गरी चुनावमा जानुपर्ने छ भनेर अधिवेशन माग गरेका हौँ,’, विशेष महाधिवेशनको दबाब दिन पोखराबाट आएका नेता देवराज चालिसेले भने, ‘महाधिवेशन समयमै सम्पन्न नहुनु विडम्बनापूर्ण छ । समयमै विशेष महाधिवेशन गरेर जनअपेक्षा अनुसारको नीति र नेतृत्व लिएर मात्रै निर्वाचनमा जानुपर्छ । तर कांग्रेस केन्द्रीय समिति डेड महीनादेखि निर्णयको बन्दी बनिरहेको छ ।’

असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक विशेष कि नियमित महाधिवेशन भन्ने विषयमा निर्णय गर्न नसकि बन्दी बनिरहेको छ । ‘विशेष महाधिवेशनको अनिवार्यतालाई आत्मबोध गर्दै निर्णय गर्न नसक्ने नेतृत्व लिएर चुनावमा कसरी जानेरु यसमा गम्भीर हुनुपर्छ,’ उनले भने, ‘दुई दिनमा गर्न सकिने निर्णय डेढ महिनासम्म गर्न नसक्ने नेतृत्व सक्षम नेतृत्व त होइन। यही कारणले विशेषको महसुस भइरहेको छ। हस्ताक्षरकर्ताको विषयमा छलफल गर्ने गरी विशेष महाधिवेशन बोलाइयोस्’, नेता चालिसे भन्छन् ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत सैयौ नेता कार्यकर्ताहरु सहभागी थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.