Connect with us

अन्तर्राष्ट्रिय

बाल यौन दुराचारको अभियोगमा एक नेपालीलाई बेलायतमा २५ वर्ष जेल सजाय

Published

on

नेपाली समुदायका सात बालिका र एक महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा बेलायतमा एक नेपालीलाई २५ वर्षको जेल सजाय सुनाइएको छ । बेलायतको पिटरबरोका प्रमोद ढकालले नेपाली समुदायमा घनिष्ठ सम्बन्ध र पहुँच बनाई धेरै महिलाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप पुष्टि भएपछि उनले २५ वर्षको जेल सजाय पाएका हुन् ।

धार्मिक समारोहहरू गर्ने ढकालले आठ वर्षकी बालिकालाई बलात्कार गरेको क्याम्ब्रिज क्राउन कोर्टमा सुनुवाइका क्रममा अदालतलाई जानकारी दिइएको थियो । ढकालले १७ वर्षदेखि धार्मिक कार्यक्रम गर्दै आएको र सोही समयदेखि यौन दुर्व्यवाहारमा संलग्न रहेको समाचारमा उल्लेख छ ।

पिटरबरोको ग्रेन्ज रोड निवासी ४९ वर्षीय ढकाललाई २५ वटा यौन अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको छ । यी अपराधहरूमा १३ वर्षभन्दा कम उमेरका पाँच बालिका र १३ वर्षभन्दा माथिका दुई बालिकामाथि बलात्कारका घटनाहरू समावेश छन् ।

अभियोजनकर्ता क्लेयर म्याथ्यूजले बलात्कार पीडितहरूमध्ये एकले ढकाललाई दोस्रो बुबाको संज्ञा दिएको बताइन् । उनले सांस्कृतिक कारणले बाल्यकालमै यो दुर्व्यवहारबारे बोल्न नसकेको बताएकी छन् । उनका अधिकांश अपराधहरू पीटरबरोमै भएका थिए ।
बीबीसी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.