Connect with us

अन्तर्राष्ट्रिय

पुटिनको चेतावनीः युरोप रुससँग लड्न चाहन्छ भने हामी पनि तयार छौँ

Published

on

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश युरोपसँग युद्ध नचाहने तर ऊ लड्न चाहन्छ भने आफू पनि तयार रहेको बताएका छन्। पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्ने सम्बन्धमा अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेट्ने कार्यक्रम छ। उनी पहिले लगानी मञ्चमा बोलिरहेका थिए।

आफ्नो भाषण सकिएपछि उनी कुनै प्रश्न सम्बोधन नगरी गए र बाटोमा उनले ट्रेड सेन्टर लबीमा भेला भएका पत्रकारहरूसँग कुरा गरे। युक्रेनसँगको शान्ति वार्तामा युरोपको संलग्नताबारे सोध्दा पुटिनले युरोपलाई ‘शान्तिपूर्ण एजेन्डा’ नभएको आरोप लगाए।

यस क्रममा उनले युरोपेली देशहरूले युक्रेन(रुस द्वन्द्व समाधान गर्ने अमेरिकी प्रयासमा अवरोध पुर्‍याइरहेको आरोप पनि लगाए। उनले यो पनि भने, ‘रुस युद्ध अन्त्य गर्ने युरोपको माग स्वीकार गर्दैन। हामी युरोपसँग लड्न चाहदैनौँ, तर युरोप लड्न चाहन्छ भने हामी तयार छौँ।’

एजेन्सीहरु

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.