Connect with us

राजनीति

विघठित प्रतिनिधि सभाका ‘बहुमत सांसद’ पूरक निवेदनसहित सर्वोच्च जाने

Published

on

प्रतिनिधि सभा पुनःस्थापनाको लागि पूरक रिट निवेदन लिएर नेपाली कांग्रेसका थप ७० सांसद सर्बोच्च अदालत जाने भएका छन् । नेृकपा एमालेले यसअघि नै संस्थागत निर्णयबाटै ७५ सांसदको हस्ताक्षरसहित सर्वोच्च्मा रिट निवेदन दिइसकेको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदको रिटमाथि सर्बोच्चले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

विघटित प्रतिनिधि सभाका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद पुनस्स्थापनापछि सरकार गठन हुने र आवश्यक कानून तथा संविधान संशोधन गर्ने सामर्थ्य राख्छ भन्ने पुष्टि गर्न १ सय ३८ भन्दा बढी सांसद अदालतमा पूरक निवेदन लिएर जान लागेको बताएका छन् । यसैबीच जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका समेत सांसदहरुको हस्ताक्षर जुटाएर पूरक निवेदन दिने तयारी समेत भइरहेको छ ।

केही समय अघि एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि कांग्रेस संसद पुर्नस्थापनाको रिट लिएर सर्वोच्च गएको थियो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.