पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् । भट्टराई बालेनलाई ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भेट्न पुगेका हुन् ।
भट्टराईको सचिवालयका अनुसार, बालेनले भेटेर संवाद गर्न चाहेपछि भट्टराई ज्वागत पुगेका हुन् । बालेनले हिजो बिहानैदेखि एकपछि अर्को राजनीतिक भेटघाट गरिरहेका छन् ।
आज मात्र बालेनले मन्त्री कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछाने, निवर्तमान सांसद अमरेस कुमार सिंह, जेनजी अगुवा रक्षा बमलगायतसँग छलफल गरिसकेका छन् ।