Connect with us

समसामयिक

काठमाडौंको जर्सिङपौवामा यात्रु बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

Published

on

काठमाडौंको शंखरापुर नगरपालिका– ३, फेदी जंगलमा यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जर्सिङपौवामा बनभोज मनाएर साँखुतर्फ फर्किने क्रममा आज साँझ महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका भनाइमा बस सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ । सुवेदीले बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको बताए ।

ूदुर्घटनालगत्तै घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको छ । त्यही क्रममा तीनजनाको मृत्यु भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.