Connect with us

समसामयिक

भीषण हावाहुरीले ट्याम्पोमाथि रुख ढल्दा दुई यात्रुको मृत्यु

Published

on

महोत्तरीको जलेश्वरबाट जनकपुरतर्फ आइरहेको ज १ ह ४८५० नम्बरको ट्याम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज शनिबार साँझ चलेको भीषण हावाहुरीले रुख ढलेको थियो। रुखले किचिएर ट्याम्पोमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ। जलेश्वर नगरपालिका–९ प्रकौलीस्थित नेपाली सेनाको ब्यारेक नजिकै दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ।

दुर्घटनामा घाइते तीन जनालाई उद्धार गरेर प्रादेशिक अस्पताल, जनकपुरधाममा भर्ना गरिएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले उनीहरूको उद्धार गरेका हुन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.