Connect with us

समसामयिक

आङ जिरिङ्ग हुने अपराध, ४ महिने छोराको हत्यारा असई पक्राउ

Published

on

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या गरेका छन् । काठमाडौंको सिनामंगलमा कोठा भाडामा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका हुन् । छोराको हत्या गरेपछि श्रीमतीलार्इ कुटपिट गरी उनी फरार भएका थिए ।

जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका हुन् । उनकी श्रीमती पनि प्रहरी हुन् । उनलाई हिजो साँझ नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । सोधपुछलगायत अनुसन्धानका काम अब हुने प्रवक्ता भट्टराईको भनाइ छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.