Connect with us

समसामयिक

कार चढेर चोरी र लुटपाट गर्ने ३८ पटकका पटके चोरसहित ८ जनाको गिरोह पक्राउ

Published

on

भक्तपुरको विभिन्न स्थानहरूमा संगठित समूह बनाई पाकेटमार, लुटपाट, चोरी गर्ने गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले भक्तपुर नगरपालिका(१ बाट ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे न. पा. वडा नं. ९ घर भई हाल सुर्यविनायक–८ बस्ने ४३ वर्षीय कृष्णबहादुर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सूर्यविनायक न।पा वडा नं ८ बस्ने २६ वर्षीय साधुराम भुजेल, २६ वर्षीय सुदीप भण्डारी, १८ वर्षीय राजिब भण्डारी, २९ वर्षीय सुजन भण्डारी, , सिन्धुपाल्चोक बाह्रबिसे न।पा। वडा नं। ३ की २३ वर्षीया अनु गजमेर, रामेछाप दोरम्बा गाउँपालिका वडा नं। ८ का २२ वर्षीय बिशाल तामाङ र काभ्रेपलान्चोक महाभारत गाउँपालिका– ६ का २७ वर्षीय सुरज तामाङ छन् ।

उनीहरूको साथबाट प्रहरीले सुनको ब्रासलेट १ थान, औठी २ थान, झुम्का, १ जोर, सिक्री १ थान, अमेरिकन डलर २८ सय, ६ हजार ६९० भारु, ४ लाख २८ हजार ८८० नेपाली रुपैयाँ, मोवाइल १४ थान, क्यामेरा १ थान, सर्जिकल ब्लेड १ थान,मोटरसाइकल ४ थान, बा. ४ च ३९१६ नम्बरको कार बरामद गरेको छ ।चोरी, पाकेटमार र लुटपाट गर्न उनीहरू समूह बनाई एकै ठाउँमा बस्ने गरेको अनुसन्धानबाट खुलेको छ । लुट्नको लागि उनीहरूले मोटरसाइकल तथा कार प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

सार्वजनिक सवारी साधनहरूमा सबैजना सँगै चढ्ने र ‘टार्गेट’ छनौट गर्ने गरेको, पैसा बोकेका, सुनका गरगहनाहरू लगाएका व्यक्तिहरूको निगरानी गरी पहिचान गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको एसपी काजीकुमार आर्चायले बताए । पैदलयात्री, दुई पाङग्रे सवारी साधनहरूमा यात्रा गर्नेको साथबाट सिक्री हरू लुटपाट गर्ने गरेको बताइएको छ ।

गाडीबाट ओर्लिँदा सबै व्यक्ति एकै पटक नओर्लिई पालैपालो विभिन्न स्थानमा ओर्लिने गर्थे । पाकेट मारेको साथै चोरी गरेका धनमाल समूहमै बाँड्ने गरेको खुलेको छ । रोचक त के भने पक्राउ परेका व्यक्तिहरू मध्येका कृष्णबहादुर खड्का चोरी, लुटपाट समेतका घटनामा ३८ पटक पक्राउ गरी मुद्दा चलाइएका व्यक्ति हुन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.