Connect with us

समसामयिक

धनगढीमा कोठाभित्र युवतीको शव भेटियो

Published

on

धनगढीको बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका वडा नं.२ को बैयाबेहडीमा आज बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका( वडा नं. ११ अमरबस्तीकी स्थायी बासिन्दा रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजकुमार सिंहका अनुसार मृतक चौधरी बैयाबेहडीमा भाडामा बस्दै आएकी थिइन् ।

कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.