Connect with us

समसामयिक

एसीसी यु १६ः सिंगापुरमाथि नेपालको सहज जित

Published

on

मलेसियामा आजदेखि जारी एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ। आज सम्पन्न खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको सहज जित हात पारेको हो। नेपालले ३३.३ ओभरमा १३९ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्‍यो भने नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५५ रन बनाए।

यसअघि कप्तान विपिन शर्माले घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङमा उत्रेको सिंगापुर ३६.१ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो। खेलमा विपिनले चार विकेट लिएका थिए। उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए। यस्तै सचिन भट्टले तीन विकेट लिए भने अभय यादव र शुभम खनालले एक–एक विकेट लिए।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता छ। समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्। नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.