Connect with us

समसामयिक

थपिए ६ लाख २० हजार नयाँ मतदाता

Published

on

निर्वाचन आयोगले छ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्याङ्क गएराति ९ बजेसम्मको हो । तीन लाख ११ हजार ४१४ जना निर्वाचन आयोगको नियमित सर्भरबाट र तीन लाख आठ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ मतदाता थपिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन जारी छ ।

पहिलो चोटी गत कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मङ्सिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.