Connect with us

समसामयिक

वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच छैनः निर्वाचन आयोग

Published

on

निर्वाचन आयोगले वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँचमा मतदाता नामावलीसम्बन्धी सूचना नरहेको जनाएको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै बेवसाइटमा अनाधिकृत रुपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरु फेला पारेको भनि विभिन्न सञ्चारमाध्यक र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएको दाबीहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको छ । यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरुले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरइाा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरु अबलम्बन गर्ने कार्य गरिरहका छन् ।’

सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू भएको भनिएको छ । त्यसमा नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश भएका छैनन् ।

यस सम्बन्धमा प्रकाशन एवम् प्रसारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामग्रीहरूमा विश्वास नगर्न पनि आयोगले सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.