Connect with us

राजनीति

बाबुराम भट्टराई भारत जाँदै, यस्तो छ भ्रमण तालिका

Published

on

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका उनले पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन् ।

स्वकीय सचिव रेखी गुरुङका अनुसार भट्टराईले भ्रमणका क्रममा भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा र नयाँदिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन् ।

उनी पुस ९ गते नेपाल फर्किनेछन् । डा। भट्टराईको यो भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक सम्वादलाई थप सुदृढ बनाउने विश्वास स्वकीय सचिव रेखी गुरुङको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.