Connect with us

राजनीति

संसद् पुनर्स्थापनाको मागसहित कांग्रेस सांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाउने तयारी

Published

on

कांग्रेस संस्थापन पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निवर्तमान सांसदहरूको हस्ताक्षरसहितको पूरक रिटभोलि सोमबारसम्म सर्वोच्च् अदालतमा दर्ता गर्ने तयारी गरेको छ । कांग्रेसले कम्तीमा ६५ जना सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउन लागेको छ ।

‘कांग्रेसले संसद् विघटन असंवैधानिक हो भनिसकेको छ । यसको निरूपण अदालतबाट हुने भएकाले पार्टी निर्णयकै स्पिरिटका आधारमा हामीले हस्ताक्षर संकलन गरेर बुझाउन लागेका हौँ,’ कांग्रेस निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘हस्ताक्षर संकलन गरेर वकिलहरूलाई दिन्छौँ, उहाँहरूले मिलाउनुहुनेछ ।’

कांग्रेसमा निर्वाचन कि संसद् पुनर्स्थापना ? भन्नेमा विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचनको विकल्प नभएको बताउँदै आएको छ । तर, सभापति शेरबहादुर देउवा संसद् पुनर्स्थापनाका पक्षमा छन् । उनले संसद् विघटनको आन्तरिक रूपमा विरोध गर्दै त्यसविरुद्ध बोल्न पार्टी नेताहरूलाई भन्दै आएका छन् ।

पछिल्लोपटक सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीबिच भेटवार्ता भएपछि कांग्रेसका निवर्तमान प्रमुख सचेतक घिमिरेले संसद पुनस्र्थानाका पक्षमा सक्रियता बढाएका छन् । ‘कांग्रेस र एमालेका बहुमत सांसदहरूको हस्ताक्षर बुझाउँछौँ, त्यसपछि न्यायालयको फैसलाको प्रतीक्षा गर्नुको विकल्प छैन,’ उनको भनाइ छ ।

महामन्त्री थापा पक्षीय केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले संसद् पुनर्स्थापनाको विषय पार्टीको प्राथमिकतामा नभएको बताए । ‘यो पार्टीको प्राथमिकताको कुरा होइन, सर्वोच्चको क्षेत्राधिकारमा प्रवेश गरिसकेको छ,’ उनले भने, ‘कांग्रेस निर्वाचनका लागि तयारी गरिरहेको छ ।’
नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.