Connect with us

समसामयिक

आजबाट एनपीएल क्रिकेट महामेला, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच पहिलो प्रतिस्पर्धा

Published

on

नेपाली क्रिकेटको एक महत्वपूर्ण प्रतिक्षाको दिन हो आज । किनकी अबको केही घण्टापछि निकै महत्वका साथ प्रतिक्षा र तयारी गरिएको नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग भव्यरुपमा सुरु हुँदैछ ।

एनपीएलमा ८ फ्रेन्चाइज टिमले कडा प्रतिस्पर्धा गर्दैछन् । खे्लको नाम ‘एनपीएल फेस्टिभल अफ हिमालयज’ दिइएको छ । आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स्भिले प्रर्तिस्पर्धा गर्दैछन् । खेल सवा १२ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

एनपीएलको पहिलो यस खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबाहेक काठमाडौ गुर्खाज, चितवन राइनोज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स गरि आठ फ्रेन्चाइज टोलीले स्पर्धा गर्दैछन्। जसलाई सहभागी टीम, खेलाडी, प्रायोजकका साथै क्रिकेट प्रेमीहरुले निकै नै उत्सहित भएर प्रतीक्षा गरिरहेका छन् ।
सन्दीप लामिछानेले विराटनगर किंग्स, अनिल साहले जनकपुर बोल्ट्स, करण केसीले काठमाडौँ गुर्खाज, कुशल मल्लले चितवन राइनोज, कुशल भुर्तेलले पोखरा एभेन्जर्स, रोहित कुमार पौडेलले लुम्बिनी लायन्स, दिपेन्द्रसिंह ऐरिले सुुदुरपश्चिम रोयल्स र सोमपाल कामीले कर्णाली याक्सको कप्तानी सम्हालेका छन् ।

रोचक के भने यो एनपीएलमा थुप्रै विदेशी खेलाडीहरु टियु क्रिकेट मैदानमा सहभागी भइरहेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.