Connect with us

समसामयिक

प्रधान सेनापति सिग्देलले भारतको मानार्थ सेनापति ग्रहण गर्ने

Published

on

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहनेछन् । हिजो साँझ भारत प्रस्थान गरेका प्रधान सेनापति सिग्देल मंसीर ३० गते मात्र स्वदेश फर्कने छन् । 

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमणमा गयका हुन् । प्रधान सेनापति सिग्देलको भारत भ्रमण टिममा सिग्देल पत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी छन् ।

सिग्देललाई मंसिर २७ मा भारतिय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ भने इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेठको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा प्रधान सेनापति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.