एनपिएल (नेपाल प्रिमियम लिग) को आजको पहिलो खेलमा पोखरा विराटनगर र दोस्रोमा काठमाडौ जनकपुरबीच प्रतिस्पर्धा
त्रिभुवन विश्वविद्यालय क्रेकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स भिड्नेछन् ।्
पोखरा एभेन्जर्स र विराटनगर किङ्स दुवैले आफ्नो पाँचौं खेल खेल्नेछन् । चार खेलमा तीन खेल हारेको पोखरा सातौँ र विराटनगर आठौँ स्थानमा छ । लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना कायमै छ ।
दिउँसो १. १५ बाट सुरु हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज् र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं लागि आजको खेल निकै महत्वपूर्ण छ । उसले लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्नुपर्नेछ । प्लेअफ सम्भावना बलियो बनाउन काठमाडौं खेल जित्नै पर्ने दबाबमा छ ।