Connect with us

अन्तर्राष्ट्रिय

ताइवानको सीमा नजिक चीनले गरयो युद्द अभ्यास

Published

on

चीनले पृथकतावाद विरुद्ध कडा चेतावनीको रूपमा ताइवानको उत्तर, दक्षिण र पूर्वी तटहरूमा मङ्गलबार सैन्य अभ्यास गरेको छ।

र, ताइवानका राष्ट्रपतिलाई परजीवी भनेर टिप्पणीसमेत गरेको छ । 

ताइवानले आफ्नो किनारमा चीनको नौसेनालाई जवाफ दिन युद्धपोतहरू पठाए पछि चीनले मंगलबार सैन्य अभ्यास गरेको हो । तर, गत वर्ष युद्ध अभ्यासको विपरीत चीनले औपचारिक रूपमा कुनै नाम भने दिएको छैन् ।

चिनियाँ बयानबाजी र अमेरिकी रक्षा सचिव पीट हेगसेथको एसिया भ्रमणको पछि यो अभ्यास भएको हो, जुन भ्रमणको क्रममा उनले बारम्बार बेइजिङको आलोचना गरेका थिए ।

बेइजिङको पूर्वी क्षेत्रका कमाण्डले एक विज्ञप्तिमा भनिएको छ, ‘लडाईमा सेनाको समन्वयको परीक्षण गर्न चीनको सेनाले टापुमा नाकाबन्दी गर्ने अभ्यास गर्न जहाज, विमान र तोपखाना तैनाथ गरेको छ।’

गत मेमा लाइको उदयको तीन दिन पछि चिनियाँ सेनाहरूले पहिलो टापु श्रृंखलाको पश्चिम क्षेत्रहरूमा पूर्ण नियन्त्रण कब्जा गर्न युद्ध अभ्यासहरूको आयोजना गरेका थिए । चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्र मान्दछ र नेतृत्व लाइलाई ‘पृथकतावादी’ भन्दै आएको छ । 

यसको घोषणाको साथमा एउटा भिडियोमार्फत पूर्वी क्षेत्रका कमाण्डले उनलाई अंग्रेजीमा ‘परजीवी’ भनेका हुन । र, उसलाई जलिरहेको ताइवानमा चपस्टिकले समातेको हरियो बगको रूपमा चित्रणसमेत गरेर देखाइएको थियो ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.