Connect with us

अन्तर्राष्ट्रिय

चीनले किनेन अमेरिकी किसानको भटमास

Published

on

अमेरिकाको भन्सार कर (ट्यारिफ) र व्यापार नीतिहरूले आफ्नै किसानहरू सकंटमा परेका छन् । वाशिङ्टनले किसानको क्षतिपूर्तिका लागि १२ अर्ब डलरको विशेष राहत प्याकेज घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानहरूका लागि १२ अर्ब डलरको सहायता प्याकेज घोषणा गरेका हुन् । जुन उनको व्यापार नीतिको असरले गम्भीर रूपमा प्रभावित किसानहरूलाई प्रदान गरिनेछ ।

अस्ति सोमबार वाशिङ्टन डीसीस्थित ह्वाइट हाउसमा कृषि सचिव ब्रुक रोलिन्स र थुप्रै किसानहरूको उपस्थितिमा उक्त योजना अनावरण गर्दै ट्रम्पले भने, “घरेलु खेती उत्पादनलाई अधिकतम बनाउनु हाम्रो अमेरिकालाई फेरि किफायती बनाउने र खाद्यान्नको मूल्य कम गर्ने प्रयासको एक महत्वपूर्ण हिस्सा हो ।”

कृषि सचिव रोलिन्सले ‘फार्मर ब्रिज असिस्टेन्स प्रोग्राम’को प्रारम्भिक चरणले ‘रो क्रप फार्मर’हरूका लागि ११ अर्ब डलर उपलब्ध गराउने बताइन् । यो कार्यक्रमले नसमेटेका केही विशेष बाली उब्जाउने किसानहरूका लागि थप एक अर्ब डलर छुट्याइएको छ । यो सहायता रकम फेब्रुअरीको अन्त्यसम्म उपलब्ध हुनेछ ।

चीनले अमेरिकी व्यापार शुल्कको प्रतिशोधमा अमेरिकी सोयाबीनको खरिदमा कटौती गरेपछि आएको हो, जसले मल ९फर्टिलाइजर० र अन्य कृषि उत्पादनहरूको लागत पनि बढाएको छ ।

अमेरिकी कृषि मन्त्रालय ९यूएसडीए० र कंग्रेसनल रिसर्च सर्भिसका आधिकारिक रिपोर्टहरू अनुसार, ट्यारिफ युद्धका कारण चीन लगायत धेरै ठूला देशहरूले अमेरिकी अन्न तथा अन्य कृषि उत्पादनहरूको खरिद उल्लेख्य रूपमा घटाए । अथवा अस्थायी रूपमा रोक लगाए । यसले अमेरिकी किसानहरूको आम्दानी र निर्यात दुवैमा प्रत्यक्ष असर पारेको थियो ।

चीनले सोयाबीन, मकै, सुँगुरको मास, कपाससहित धेरै अमेरिकी कृषि उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क बढाएको थियो । यसले आयात घटाएको थियो । यसबाट शुल्क युद्धको सीधा मार ती क्षेत्रमा पर्‍यो, जहाँ मकै र सोयाबीनको खेती ठूलो मात्रामा हुन्छ ।
अलजजिरा

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.