Connect with us

अन्तर्राष्ट्रिय

चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गर्यो

Published

on

चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ।

चीनले यसलाई नियमित परीक्षण भनेको छ । चीनले अन्तिम पटक सन् १९८० को दशकमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो ।

चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ । चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ ।

अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकाको अगाडि आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन् ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.