काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ ।
बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । केही बेरमा सबन्धित क्षेत्रकाे सर्बदलीय बैठक बस्दैछ ।