Connect with us

राजनीति

प्रधानमन्त्री ओली प्रतिनिधिमण्डलसहित आज चीन जाँदै

Published

on

प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाँदैछन्। चिनियाँ प्रधानमन्त्री लि छियाङ्को औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जान लागेका हुन् । सो क्रममा नेपाली प्रधानमन्त्री ओलीलाई चीनले राजकीय सम्मान दिइने जनाइएको छ । 

तेस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्री ओलीको को यो पहिलो औपचारिक विदेश भ्रमण हो । प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री आरजु राणासहित अन्य मन्त्री, सचिव र उच्च पदस्थ पदाधिकारी पनि बेइजिङ पुग्दैछन् । 

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण तथा ३२ सदस्यीय भ्रमण टोली बिहीबार स्वीकृत गरेको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली आजै चीनको राजधानी बेइजिङ पुग्नेछन् ।  भ्रमणको भोलीपल्ट अर्थात मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटबार्ता तथा चिनियाँ समकक्षी लीसँग औपचारिक वार्ता भने मंगलबार गर्नेछन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिइसकेको छ । प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ ।

मंगलबारै नेपाल–चीनबिच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ, जसमध्ये एक बिआरआइ परियोजना महत्वपुर्ण मानिएको छ।

चीन भ्रमणमा जानु अघि प्रधानमन्त्री ओलीले सोमवार राष्ट्रपति रामचन्द्र पौडेललाइ औपचारिक रूपमा जानकारी गराएका छन भने चीन भ्रमणको अजेन्डा तय गर्नका लागि आइतवार मन्त्रीपरिषद बैठकसमेत बसेको थियो ।

चार दिने भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री ओली मंसीर २० गते स्वदेश फर्कने छन् । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.