Connect with us

राजनीति

देउवा समूहले बोलायो पुरानो केन्द्रीय समिति बैठक

Published

on

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढेको छ । कांग्रेसमा पूवर््सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै भेला आयोजना गरी समानान्तर प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

आधिकारिक केन्द्रीय समितिको बैठक सानेपामा जारी रहेका बेला देउवा समूहले पुरानो केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरुलाई छलफलका लागि बोलाएको थियो । बैठकमा सहभागी नेता मीन विश्वकर्माले अदालतमा कांग्रेस नेतृत्वबारेमा मुद्दा विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म ‘समानान्तर गतिविधि’ कायमै रहने बताए ।

उनका अनुसार अघिल्लो केन्द्रीय समितिले कारबाही गरेका दुई नेता गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा बोलाइने छैन । “उहाँहरु कारबाहीमा पर्नुभएको छ, कारबाहीमा परेकालाई बोलाउन मिल्दैन,” उनले भने, “केन्द्रीय समितिको बैठक बोलाउने दिनको निर्णय गर्ने जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।”

पूर्वसपसभापति खड्काले पार्टीका नेताहरुसँग परामर्श गरेर बैठक बोलाउने विश्वकर्माले बताएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.